सप्तरी । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् ।
राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि समेत टायर बालेर प्रदर्शन गरेका छन् ।
जिल्लामा ३५ हजार बोरा डीएपी आवश्यक भएकोमा ६ हजार ६ सय बोरा, ८० हजार बोरा युरिया चाहिनेमा ७ सय बोरा मात्रै आएकाले यस्तो समस्या भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
16.75¡ÆC