काँग्रेस सभापति पदको मतगणना सकियो, बहुमत नआएसगैँ पुनः दोश्रो चरणको चुनाव हुने

मंसिर २८, २०७८ मा प्रकाशित | 452 views

काठमाडौ । कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा धकेलिएको हो ।

अब पहिलो र दोस्रो धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणमा वर्तमान सभापति देउवाले सबैभन्दा बढी २२५८ मत ल्याए । बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा देउवा ८२ मतले मात्र सभापति चयन हुनबाट रोकिए ।४० मत बदर भएको छ ।

दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए । ३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए । पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web