फोनिज जिल्ला शाखा नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ

मंसिर २४, २०७८ मा प्रकाशित | 465 views

विदुर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुन : शक्तिमाया तामाङ चयन हुनुभएको छ । शुक्रवार सम्पन्न चौथो जिल्ला अधिवेशनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र सर्मिला थापा मगर रहेका छन् । यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरत सन्तोषी लामा र प्रताप तामाङलाई चयन गरेको छ । अध्यक्ष तामाङ लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा आवद्ध रहनु भएको छ । जिल्ला अधिवेशनलाई सम्वोधन गर्नुहुँदै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिसद नुवाकोटका अध्यक्ष भगवान राना मगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनु भएको छ ।

आदिवासी जनजातीको उत्थान तथा व्यक्तित्व विकासमा तीन वटै सरकार जिम्मेवार हुनु आवस्यक रहेको उहाँले बताउनु भएको छ । यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आवद्ध सञ्चार माध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । जात विशेषको संस्कृति र इतिहासलाई लिखित रुपमा दस्तावेज बनाएर राख्न सकियो भने आगामी पुस्तालाई चिनो स्वरुप हस्तान्तरण गर्न सकिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web