जनगणनाका एक गणकले गरे आत्महत्या, दुई जनाको मृत्यु

मंसिर १०, २०७८ मा प्रकाशित | 547 views

काठमाण्डौ । जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् ।

धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।

जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web