टोकियो । मुटुको भल्व फेर्नुपर्ने गम्भिर रोगले थलिएकी नेपाली विद्यार्थी भिमा कुमारी श्रेष्ठको उपचारमा जापानमा अध्यानरत नेपाली विद्यार्थीले सहयोग गरेका छन् । टोकियो इन्टरनेशनल एक्सचेन्ज कलेजमा अध्यानरत विद्यार्थीहरुले रकम संकनल गरी सहयोग गरेका हुन् । नरेन्द्र गोपाली र दिक्पाल श्रेष्ठको सक्रियता संकलित रकम १ लाख १ हजार ५ सय  येन भिमाको आफन्तलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणमा नरेन्द्र गोपाली र दिक्पाल श्रेष्ठ, मोहन केसी, सुजन अधिकारीको सहभागिता रहेको थियो । नगद हस्तान्तरण गर्दै नरेन्द्रले नेपालीले नेपालीलाई दुख पर्दा सहयोग गर्नुपर्ने मानविय भावनाले सहयोग गरेको बताए । उनिहरुले आफुले गर्ने खर्चको बचत गर्दै नेपालीले नेपालीको दुखमा साथ दिएको र अबका दिनमा पनि यस्तो कार्यहरुलाई निरन्तरता दिई रहेको बताए ।

मुटुको भल्भ फेर्न करिव १६ लाख जापानी येन लाग्ने र आफुसँग उक्त रकम नभएको बताएपछि जापानमा रहेका विभिन्न व्यक्ति र संस्थाहरुले भिमाले उपचारको लागि आर्थिक संकलन र सहयोग गरेका थिए । भिमा सन् सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी हुन् । जापान आएको केही समयपछि मुटुमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गर्दै आएकी भिमाको मुटुको भल्वमा समस्या देखापरेपछि उनले उपचारमा लाग्ने खर्च अभावमा सहयोगको अनुरोध गरेकी थिइन् । बिद्यार्थी भिषामा जापान पढ्न आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ हाल नेरिमास्थित हिकारीगाओका अस्पतालमा उपचाररत छिन् ।

18.12¡ÆC