ट्रकबाट १ सय ८६ केजी गाँजा बरामद, दुई जना पक्राउ

कार्तिक २७, २०७८ मा प्रकाशित | 308 views

रौतहट। प्रहरीले १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन्।

गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना.६ ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web