मोतीपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने

कार्तिक २३, २०७८ मा प्रकाशित | 304 views

काठमाडौँ । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web