कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झर्‍यो

कार्तिक १३, २०७८ मा प्रकाशित | 375 views

काठमाडौँ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप नौ सय ११ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २६ जनामा झरेको हो ।

कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ९१ हजार दुई सय ६९ जना पुगेको छ । यसैबीच, कोरोना सक्रमण पनि चार पाँच प्रतिशत भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा सात हजार नौ सय ११ जनाको नमूना परीक्षण गर्दा तीन सय ७२ जना अर्थात् चार दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार तीन सय ९९ जना पुगेको छ । यस्तै २४ घण्टामा थप एक लाख ७३ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ८६ लाख ६७ हजार चार सय २७ जनाले कम्तिमा एक मात्रा र ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web