एनआरएनले अफगानिस्तानमा मारिएका नेपाली परिवारलाई जनही एकलाख दिने

असार ९, २०७३ मा प्रकाशित | 1192 views

८ असार, काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनले अफगानिस्तानमा आत्मघाती बम हमलामा मारिएका नेपाली नागरिकका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

तालिवानी आतंककारी आक्रमणमा गत सोमबार भएको विस्फोटमा परि अफगानिस्तानको राजधानी काबुलमा १३ नेपाली नागरिकको मृत्यु भएको छ । घटनास्थलमै १२ जनाले ज्यान गुमाएकोमा उपचारको क्रममा हिजो भारतमा थप एक नेपालीको मृत्यु भएको छ ।

सो आत्मघाती हमलामा परि १२ जना नेपाली सहित २ जना नेपाली मुलका भारतीय नगारिकको काबुलमा निधन भएको थियो ।

घटना भएको थाहा पाउने बित्तिकै गैर-आवषीय नेपाली संघका अध्यक्ष शेष घले, र एनआरएनएले समबेदना प्रकट गर्दै सक्दो सहयोग गर्ने बाचा गर्नुभएको थियो ।

मृतकका आफन्तलाई सरकारले पनि जनही १०र१० लाख रुपया दिने निर्णय गरिसकेको छ ।

२१ तारिक क्यानेडाली दुताबासमा काम गर्ने नेपालीहरु लिएर कार्यालय तर्फ जादै गरेको बसमा आत्मघाती बम बिस्फोट भएको थियो । सो बसमा भएका अन्य ५ जना नेपालीको भारतमा उपचार भइरहेको छ ।

मृतक नेपालीहरुको शव र थप २४ जना नेपाली सहित नेपाल यएरलाइन्सको बिमाले काबुलबाट हिजो शव ल्याएर आफन्तलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web