हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा

असार ९, २०७३ मा प्रकाशित | 980 views

एजेन्सी,असार ९ । हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा  हंगेरी र पोर्गुगलले ३(३ को बराबरी खेलेका हुन् ।  बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । पोर्चुगलको लागि दुईगोल क्रिष्टियानो रोनाल्डोले गरे भने एक गोल रोनाल्डोको पासमा गोल गर्दै नानीले गरे ।  अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।

खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले फेरि अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट वान टच गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरी गोल गर्न सफल भयो ।  तर, ६२ औं मिनेटमा रोनान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरी पुर्याए  योसँगै उनी लगातार ४ वटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web