पहिरोले मुहान पुरेपछि खानेपानीको समस्या

कार्तिक ६, २०७८ मा प्रकाशित | 383 views

पाँचथर । पहिरोले मुहान पुरेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तीन दिनदेखि पिउने पानीको समस्या भएको छ । मुहान पहिराेमा परेपछि बुधबारदेखि पानी आपूर्ति ठप्प हुँदा फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ मा पानीको हाहाकार भएको हो ।

मुहानका सबै संरचनाहरु भत्किएका छन् । रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान मर्मत गरेर पानी आपूर्ति गर्न एक हप्ता भन्दा बढी समय लाग्ने फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहनुभएका फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web