<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी गम्भीर घाइते भएका च्याङ्बा तामाङको पनि ज्यान गएको छ । नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । </span><span style="line-height: 1.42857143;">अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ । यस्तै आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ । </span></p>
17.12¡ÆC