५ सय ९६ जनामा कोरोना पुष्टि

अशोज २४, २०७८ मा प्रकाशित | 622 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ भने ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन् । जसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३२२ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web