दुई लाख ८६ हजार नगद र चेकसहित १९ जुवाडे पक्राउ

अशोज २१, २०७८ मा प्रकाशित | 372 views

काठमाडौँ । झन्डै तीन लाख रुपैयाँ नगद र चेकसहित काठमाण्डौबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।

बाफलमा रिजु श्रेष्ठको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मार्दा दुई लाख ८६ हजार रुपैयाँसहित १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४८ हजार रुपैयाँका दुई वटा चेक, तास, कौडा लगायतका सामग्री पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उनीहरूको जुवातास खेल्ने सञ्जाल नै रहेको शङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web