रेन्बुकाइमा लामा निर्विरोध

असार ८, २०७३ मा प्रकाशित | 783 views

काठमाडौं, असार ८  । नेपाल रेन्बुकाइ कराते डो संघको दोश्रो साधारणसभाले रेशमलाल लामा (तामाङ) को अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । लामा अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

प्रेमलाल बोम्जनले सह–अध्यक्ष, कमलराज लामाले वरिष्ठ उपाध्यक्ष, शिवबहादुर बस्नेतले उपाध्यक्ष, बुद्धवीर लामाले महासचिव, डिलकुमारी नेपालले सचिव तथा सुस्मिता गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । युद्ध लामा, रमेश तामाङ, दशरथ चन्द, रामप्रसाद खनाल, शेशुका राई तथा हीरादेवी राई सदस्यमा चयन भए ।

अनिता परियार र गणेश विक उपाध्यक्ष तथा गोविन्दकुमार महर, पेमा तामाङ, तिलक भण्डारी, जितकुमारी घर्ती मगर र आशिष आले मगर सदस्यमा मनोनित भएको नवनिर्वाचित अध्यक्ष लामाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web