सिँचाइ कार्यालयका सबइन्जिनियर २ लाख घुससहित पक्राउ

अशोज १९, २०७८ मा प्रकाशित | 416 views

काठमाडौँ । काठमाडौं बसुन्धराको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सव-इन्जिनियर दीपेन्द्रकुमार केसी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कलभर्ट निर्माण कार्यको ठेक्का अनुसार काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।

उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ परेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web