सडक शिलान्यास कार्यक्रममा राजनीतिकरण भएपछि सूर्यगढी काँग्रेसले आपत्ति जनायो

अशोज १९, २०७८ मा प्रकाशित | 1160 views

विदुर । ‘नुवाकोटबाट बागेश्वर–लच्याङहुदै उर्लेनी–काल्चेदेखि मालाभञ्याङसम्म पुग्ने सडक खण्डको नौ किलोमिटर क्षेत्रको कोलोपत्रे गर्न शिलान्यास गरिएको कार्यक्रममा राजनीतिकरण भएको भन्दै नेपाली काँग्रेस सूर्यगढी गाउँपालिकाले आपत्ति जनाएको छ ।
गएको असोज १३ गते पूर्वाधार विकास कार्यालयले आयोजना गरेको सडक शिलान्यास कार्यक्रमको अध्यक्षता ग्रहण गर्न सूर्यगढी गाउँपापलिकाको अध्यक्ष सन्तबहादुर घलेलाई पत्राचार गरेर अन्तिम समयमा नदिएको भन्दै नेपाली काग्रेस सूर्यगढी गाँउसमितिले आपत्ति जनाएको हो ।
काग्रेस सूर्यगढी गाँउसमितिको बैठकले पूर्वाधार विकास कार्यालयले सडक शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेको दबाबमा परेर गाउँपालिकालाई अपमान गरेको भन्दै उक्त कार्य प्रति खेद प्रकट गर्दै अब उप्रान्त सच्चिन सचेत गराएको छ ।

काग्रेस सूर्यगढी गाँउसमितिका सभापति शंकर प्याकुरेल सहितको पदाधिकारीले सोमबार पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख ओमकुमार शाहलाई ध्यानाकर्षण पत्र बुझाउदै विकास निर्माणका गतिविधिमा राजनीतिकण नगर्न चेतावनी दिएका छन् । सडक निर्माणमा हुनसक्ने कैफियत समेत गराउन सक्ने भएकाले त्यसो नगर्नको लागी पनि ध्यानाकर्षण पत्र मार्फत सचेत गराइएको छ ।
काग्रेस सूर्यगढी गाँउसमितिको ज्ञापनपत्र बुझ्दै पूर्वाधार विकास कार्यालयका प्रमुख ओमकुमार शाहले सूर्यगढी गाउँपालिका अधिकार सम्पन्न स्थानीय सरकार भएकाले पालिका अध्यक्षलाई अध्यक्षता ग्रहण गराउन आफूले निमन्त्रणा गरेपनि माथिल्लो निकायको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको स्वीकार गर्नुभएको छ ।

 पूर्वाधार विकास कार्यालयका प्रमुख ओमकुमार शाह 

पूर्वाधार कार्यालयको माथिल्लो निकायको रुपमा रहेको बागमति प्रदेस–यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीको आदेश अनुसार सडक शिलान्यासमा मन्त्रीलाई अध्यक्षता ग्रहण गराउनु परेकाले केही असमझदारी तथा अविश्वासको वातावरण प्रति आफू सच्चिदै अगामी दिन त्यस्तो गल्ती हुन नदिने प्रतिबद्धता पूर्वाधार विकास कार्यालयका प्रमुख ओमकुमार शाहले जनाएउनुभयो । उहाँले आगामी दिनमा यस्तो हुन नदिनको लागी आफूले असोज १३ को शिलान्यास कार्यक्रमबाट राम्रो पाठक समेत सिकेको महशुस गरेको बतायनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web