१० किलो चरेससहित दुईजना पक्राउ

अशोज १८, २०७८ मा प्रकाशित | 375 views

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ बाट सशस्त्र प्रहरीले करिब १० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही पर्साकै जिराभवानी गाउँपालिका ३ हरैया बस्ने १८ वर्षीय सुनील माझी र १६ वर्षीय किसन माझी रहेका छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा चरेस फेला पारेपछि पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई बरामद चरेस र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web