६ सय ७९ जनामा कोरोना पुष्टि

अशोज १७, २०७८ मा प्रकाशित | 399 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९७ हजार एक सय ९२ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय पाँच जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार दुई सय २४ जना पुगेको छ ।

यही अवधिमा थप सात जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६४ पुगेको छ ।

अहिले नेपालमा १६ हजार आठ सय चार जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३७ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २६ हजार चार सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६३ लाख ५२ हजार तीन सय २२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ७७ लाख १६ हजार नौ सय ८५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web