टिकापुर । कोइका, आरसीआई र सेवक नेपालले टीकापुर अस्पताललाई ११ लाख रुपैयाँ भन्दा बढी मुल्यको स्वास्थ्य साहायता सामग्री हस्तान्त्रण गरेको छ । एक थान एबीजी एनालाइजर मेशिन, ५ हजार ५०० थान सर्जिकल ग्लोब्स, १० हजार २५० थान एक्जामिनेशन ग्लोब्स, ६ सेट मेडिकल पर्दा, ८०० पिस केएन नाइन फाइब मास्क र ५०० बोतल भाइरेक्स पाउडरउपलब्ध गराएको हो ।

उक्त सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर रावल र अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा.रेमकुमार राईलाई सेवक नेपालका परियोजना व्यवस्थापक भिमबहादुर साउँदले उक संक्षिप्त कार्यक्रमको बीच हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रेमकुमार राईले एबीजी एनालाइजर मेशिन टीकापुरमा पहिलो पटक आएको र यसले गम्भीर किसिमका निमोनिया भएका बिरामीको जाँच, रगतमा पिएच, अक्सिजन, कार्वनडाइअक्साइड, नुनको लेवल र रगतमा भएका अन्य जाँचहरु एकैपटक गर्न सकिने बताउनुभयो ।

डा।रेमकुमार राईको नेतृत्वमा रहेको अस्पतालमा कोरोना रोग विरुद्धको उपचार सेवा र ननकोभिड बिरामीको उपचार सेवा प्रभावकारी बन्दै गएको छ । उहाँको नेतृत्वमा टिकापुर अस्पतालले पछिल्लो नौ महिनाको अवधिमा चिकित्सक स्वास्थ्यकर्मी परिचालन प्रभावकारी बनाउदै बिरामीको उपचार सेवामा धेरै गुणा सुधार तथा विश्वसनीयता थपिएको छ भने दाताहरुबाट पनि सहयोग जुट्नेक्रम जारी रहेको छ । अस्पतालको कमजोर आर्थिक अबस्था सहित जनशक्ति स्वास्थ्य सामाग्रि तथा उपकरण सिमिति रहदाँ पनि अस्पतालबाट प्रवाह गरिने सेवामा सुधार आएसगै अस्पतालको सेवामा उल्लेख्य सुधार देखिएको अस्पतालका अध्यक्ष दीपकबहादुर रावलले बताउनुभयो ।

अस्पताललाई हस्तान्तरण गरिएका सामान ११ लाख, ४५ हजार ७०० रुपैयाँ मूल्य बराबरका रहेका र सामानले केही मात्रामा भए पनि कोरोना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको व्यवस्थापक साउँदले बताउनुभयो । यसअघि टीकापुर नगरपालिकालाई पनि कोइका, आरसीआई र सेवक नेपालले ३ लाख २९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको व्यवस्थापक साउँदले जानकारी दिनुभयो ।

17.3¡ÆC