नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घट्यो

अशोज १२, २०७८ मा प्रकाशित | 525 views

काठमाडौँ । साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ । कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ । धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web