हर्न जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

अशोज ११, २०७८ मा प्रकाशित | 575 views

 सप्तरी । हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा सोमबार एक युवकको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा-२ बेल्हामा जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको वडा अध्यक्ष रामअबतार साहले जानकारी दिए । करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको साहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web