कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

अशोज १०, २०७८ मा प्रकाशित | 446 views

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् ।

महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो ।

धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web