आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

अशोज ९, २०७८ मा प्रकाशित | 396 views

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ ।

राजस्थानलाई हराउँदै दिल्ली अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन मात्रै बनायो । राजस्थानका सञ्जु स्यामसनले अविजित ७० रन जोडे पनि जित दिलाउन सकेनन् । दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए ।

आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक/एक विकेट लिए । आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । दिल्ल १० खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ग्सको ९ खेलमा १४ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web