नुवाकोटमा नेपाल सुनचाँदी शिल्प ब्यबसायी संघको उपसमिती गठन

अशोज ९, २०७८ मा प्रकाशित | 1002 views

विदुर ।  नेपाल सुनचाँदी शिल्प ब्यबसायी संघको नुवाकोटमा उपसमिती गठन गरिएको छ ।
आज नेपाल सुनचाँदी शिल्प ब्यबसायी संघको केन्द्रिय अध्यक्ष टंकबहादुर बराईलीको प्रमुख आतिथ्यमा बट्टार स्थित भएको सदस्य भेला तथा बृहत अन्तक्रिया कार्यक्रम मार्फत रमेश सुनारको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिती रहेको उपसमिती गठन गरिएको हो । उपसमितीको सहसंयोजकमा रबिन बिश्वकर्मा, सचिबमा श्यामभाई बिश्वकर्मा, कोषाध्यक्षमा सन्जोक सुनार निर्बिरोध निर्बाचित हुनुभएको छ ।

यसैगरी, सदस्यहरुमा राजकुमार सुनार, गोपाल सुनार र रोशन बिश्वकर्मालाई सर्बसम्मत रुपमा चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी शिल्प ब्यबसायी संघको केन्द्रिय अध्यक्ष टंकबहादुर बराईलीले ब्यबसायीहरुले काम गर्ने क्रममा देखिएका समस्याहरुलाई पहिचान गर्दै त्यसको समाधान, ब्यबसायिक हकहित, पेसागत संरक्षण र ब्यबासायिक प्रबद्र्धनका लागी तत्पर रहने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाल सुनचाँदी शिल्प ब्यबसायी संघका केन्द्रिय उपाध्याक्ष तिलक बिश्वकर्मा, केन्द्रिय कोषाध्यक्ष केशबबहादुर सुनार, केन्द्रिय सदस्य त्रिलोचन बिश्वकर्मा सहित नुवाकोट तथा रसुवामा सुनचाँदी ब्यबसायमा आबद्ध ब्यबसायीहरुको सहभागिता रहेको नबनिर्बाचित सचिब श्यामभाई बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web