काठमाडौं, असार ६ । १२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् ।

उनले २०७० सालमा विरगञ्जमा सम्पन्न शालिमार प्रथम खुला भारोत्तोलन च्याम्पियनसिपमा ५८ केजी भार बहन गर्दै आफ्नो नाममा किर्तिमान कायम गरेकी थिईन् ।

उनले क्लिन एन्ड जर्कमा ७१ केजी भार बहनका गर्दै कुल १३० केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् । बाँकेकी संजु चौधरीले स्नाचमा ४६ केजी र क्लिन एन्ड जर्कमा ५२ केजी गर्दै कुलमा ९८ केजीका साथ रजत र सेनाकी रिता गुरुङ्गले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ५० केजी गरि कुल ९० केजीका साथ कास्य प्राप्त गरिन् ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ४८ केजी तौल समूहमा सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६१ केजी गरि कुल १११ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । दोश्रो स्थानमा रहेकी पुलिसकी संगिता राईले स्नाचमा ४७ केजी क्लिन एन्ड जर्कमा ५३ केजी गरि कुल १०० केजी भार बहन गरिन् । दाङ्गकी उमा चौधरीले स्नाचमा ४० केजी र क्लिन एन्ड जर्कमा ४५ केजी सहित कुल ८५ केजीका साथ कास्य पाईन् ।

अन्तराष्ट्रिय खेल परिसर सातदोवाटोमा भएको प्रतियोगिताको पुरुष ५२ केजीको जुनियर तर्फ सप्तरीका रामकुमार यादवले स्वर्ण प्राप्त गरे । उनले स्नाचमा ६० र क्लिनमा ७५ केजी गरि कुल १३५ केजी भार बहन गरे । ललितपुरका गणेश रानाभाटले स्नाचमा ५३ र क्लिनमा ६० गरि कुलमा ११३ केजीका साथ रजत र काठमाण्डौका रमेश पाठकले स्नाचमा ५० र क्लिनमा ५९ केजी गरि कुलमा १०९ केजीका साथ कास्य पाए ।

५६ केजी तौल समूहमा सेनाका तुलराम महतोले स्वर्ण पाए । उनले स्नाचमा ७५ केजी र क्लिनमा ९५ केजी गरि १७० केजी भार बहन गरे । दोश्रो स्थानमा बाराका अशोक कुमार शाह रहे । उनले स्नाचमा ५३ केजी र क्लिनमा ६० केजी गरि कुल ११३ केजी भार उचाले । उनले जुनियर तर्फ स्वर्ण पदक पाए । ललितपुरकी विरेन्द्र गुरुङ्गले स्नाचमा ५० केजी र क्लिनमा ६० केजी गरि कुल ११० केजी भार बहन गर्दै कास्य पाए ।

21.12¡ÆC