काठमाडौँ । नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति भेटिएकोे छ ।
नयाँ प्रजातिको यो चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७ सय ८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको हो ।
संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गएको अगस्ट २९ तारिखमा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिच्नुभएको थियो ।
दोस्रो दिनपछि पनि पुनः चरा देखिएपछि उहाँले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाउनुभएको कोषले जनाएको छ ।
कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाउनुभएको थियो भने चराविद्हरू डा.हेमसागर बराल, सोम जीसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गर्नुभएको थियो ।
पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।
17.5¡ÆC