सुनको भाउ दुई सय रुपैयाँले घट्यो

सुनको भाउ दुई सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ आज फेरि दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो । हिजो सार्वजनिक बिदा भएकाले सुनको नयाँ मूल्य तोकिएको थिएन ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

TOP