संबिधान दिवसको अवसरमा नुवाकोटमाा नेपाली सेनाबाट बृहत्त वृक्षारोपण

अशोज ३, २०७८ मा प्रकाशित | 710 views

त्रिशूली । आज सातौँ संविधान दिवस, राष्ट्रिय दिवसको रुपमा विभिन्न कार्यक्रम गरेर नुवाकोटमा पनि मनाइएको छ ।
नेपालमा संविधान जारी भएको आज ६ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा नेपाल सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै नुवाकोटमा बृक्षारोपण, दिप प्रज्वलन लगायतका कार्यक्रम गरेर दिवस मनाइएको हो ।

संविधान दिवसको अवसरमा नुवाकोटमा नेपाली सेनाको आयोजनामा बृहत्त बृक्षारोपण गरिएको छ । नेपाली सेनाको श्री नं .६ बाहिनी अड्डा बैरेनी धादिङ र नुवाकोटमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्रियाशिल रहेको श्री जबरजंग गण देवीघाटको सयुक्त आयोजनामा विदुर नगरपालिका वडा नं. १ स्थित इन्टेकको डिल परिसरमा बृक्षारोपण गरिएको हो ।

श्री नं. ६ बाहिनीका बाहिनीपति रबिन्द्र केसीको प्रमुख आतिथ्यतामा इन्टेकको डिल परिसरमा फूल, फलफूल र बोट प्रजातिका विभिन्न एकसय भन्दा बढी विरुवाको बृक्षारोपण कार्यक्रम गरिएको हो । बृक्षारोपण कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, नेपाल प्रहरीका प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी बलका नुवाकोट प्रमुख मदन ढुङ्गाना, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख हेमन्त चौधरी, उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की, विदुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष लेलिन रञ्जित, वडा नं .९ का वडाध्यक्ष सनी चित्रकार, भैरुम माध्यामिक विद्यालयका राष्ट्रिय सेवा दल (एनसिसी) तालिमप्राप्त विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

बृक्षारोपण कार्यक्रमको तस्वीरहरु :

यसैबीच, राष्ट्रिय संबिधान दिवसको अवसरमा बट्टार बजारमा दिप प्रज्वलन गरिएको छ । विदुर नगरपालिका भित्रको विभिन्न स्थानमा रहेका युवाहरुले नयाँ संबिधानको स्वागत तथा असल कार्यान्वयनमा जोड दिदै दीप प्रज्वलन गरेर दिवस मनाएका छन् ।
बट्टारमै नेपाली काङ्ग्रेस बिदुर नगरपालिका वडा नं. २ र ४ को सयुक्त आयोजनामा गरिएको दिप प्रज्योलन कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी लगायतको सहभागिता रहेको थियो ।

May be an image of 8 people, including RC Rimal and people standingMay be an image of one or more people, people standing, road and street
नेपालमा अहिले कार्यान्वयनमा रहेको संबिधान २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी गरिएको थियो । सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएसगैँ सोही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिएको हो ।
संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन गरेर उल्लासको साथ मनाइएको छ । कोरोना रोगको जोखिमको कारण अघिल्ला वर्षहरुमा जस्तो उत्साह भने नगरीकन दिवसलाई औपाचारिकताको रुमपा मात्रै मनाइएको हो ।
दिवसको अवसरमा हिजोदेखि भोलिसम्म अर्थात तीनदिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ ।
संविधान दिवसको अवसरमा आआफ्नो घरमा सम्मानका साथ नेपालको राष्ट्रिय झण्डा राख्न पनि नेपाल सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web