६ असार, काठमाडौं ।
जोखिम मोलेर रोजगारीको लागि अफगानिस्तान पुगेका १४ जना नेपालीको आत्मघाती अब आक्रमणमा परि मृत्यु भएको छ ।

सोमबार बिहान नेपालीहरु सवार रहेको मिनीबसमाथि बम आक्रमण हुँदा १४ नेपालीको मृत्यु भएको हो ।

अफगान गृहमन्त्रालयले बसमा सवार सवै नेपाली रहेको र मारिने सबै १४ जना नेपाली पुरुष रहेको पुष्टि गरेको छ । घटनामा अन्य ९ जना घाइते भएका छन् ।

घाइते मध्ये पाँच जना नेपाली घाइते छन् । घाइते अन्य चार जना भने अफगानि नागरिक रहेका छन् ।

सुरक्षागार्ड चढेको जानकारी पाएरै आतंकवादीहरुले बम हमला गरेको अफगान सरकारले बताएको छ ।

अफगानी गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले पैदल हिंडेर आएको व्यक्तिले बस रोकिएको मौका पारेर आफुलाई बमले उडाएको बताएको छ ।

सो आत्मघाती बम आक्रमणमा बसमा रहेका १४ जनाको मृत्यु र ९ जना घाइते भएको साथै बस नजिक पैदल हिँडिरहेका अन्य १ दर्जन बढी व्यक्ति घाइते भएको जनाइएको छ ।

यसरी मारिए निर्दोस नेपाली
क्यानेडियन दुतावासमा सुरक्षागार्डको काम गर्दै आएका नेपालीहरु चढेको बस सोमबार नियमीत समयमै हिँडेको थियो ।

सँगै दुईवटा बस छुटेकोमा समयमै एउटा बस दुतावास पुग्दा अर्को बस बमले उडिसकेको थियो ।

दूतावास देखी करिव ४ किलोमिटरको दुरीमा रहेको आवासबाट बस छुटेको थियो । पहिलो बस बिस्फोट भएको ठाउँबाट छुटेको बढीमा ३ मिनेटको समयमा दोस्रो सो ठाउँमा आइपुगेको थियो ।

बेलायती सेक्युरिटी कम्पनी सेबर अन्र्तगत काम गरिरहेका नेपालीहरुलाई क्यानेडियन दुतावासको सुरक्षार्थ उक्त कम्पनीले दिल्ली हुँदै अफगानिस्तान पुर्याएको हो ।

सो क्यानेडियन दूतावासमा १४७ जना नेपाली सुरक्षागार्डका रुपमा काम गरिरहेको खुलेको छ ।

‘तिन सिफ्टमा काम गरिरहेका नेपालीहरु हाल धेरै घरविदामा नेपाल आएको भएर एउटा सिफ्टमा ४१ जनाले काम गरिरहेको बताइएको छ ।

सामान्यतया १५ मिनेटमा पुग्ने आवास देखी दुतावासको उक्त दुरी जाम भएको अवस्थामा आधा घण्टा सम्म लाग्ने गर्छ । तर यसरी जाने आउने क्रममा बसमा रहेका कसैको पनि सुरक्षाको कुनै प्रवन्ध गरिएको छैन ।

औषमा अन्य देशका सुरक्षागार्ड भन्दा न्युन पारिश्रमीक तथा सुरक्षाको कुनै प्रत्याभुत नगरिकन नेपालीहरुलाई बेलायती कम्पनी र क्यानेडियन दुतावासले काममा लगाउँदा यतिठूलो दुर्घटना हुन पुगेको देखिन्छ ।

मृत्यु भएका सबै नेपाली भएपनि उनिहरुको स्पष्ट पहिचान र ठेगाना भने खुल्न बाँकी रहेको छ । यस बारेमा जानकारी माग्दा पाकिस्तान स्थित नेपाली राजदूतावासले विस्तृत जानकारी बुझ्ने काम भइरहेको भन्दै पुर्ण जानकारी नआइसकेको बताएको छ ।

यसैबिच सरकारका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले अफगानीस्तानको काबुलमा नेपालीको समेत मृत्यु हुने गरी भएको आत्मघाती हमलाको भत्र्सना गर्दै दुख व्यक्त गरेका छन् ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री थापाले कावुल घटनालाई कायरताको संज्ञा दिदै आतंकवाद विरुद्ध सवै एक हुनु पर्ने बताएका छन् ।

16.12¡ÆC