रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह

भदौ ३१, २०७८ मा प्रकाशित | 453 views

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web