काठमाडौँ । सरकारले पर्यटन उद्योगमा नयाँ लगानी आकर्षित गर्न आकर्षक प्याकेज ल्याएको छ । ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानीमा खुल्ने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग र अन्तर्राष्ट्रिय हवाई कम्पनीले कारोबार शुरु गरेको मितिबाट १५ वर्षसम्म आयकरमा पूर्ण रुपमा छुट पाउने भएका छन् ।
यसैगरी ३ अर्ब रुपैयाँभन्दा बढी पूँजी लगानी गर्ने कम्पनीलाई भने सरकारले कारोबार शुरु गरेको मितिबाट १० वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिने भएको छ । त्यसपछिको ५ वर्षसम्म आयकर ५० प्रतिशत मात्र तिरे पुग्ने भएको छ ।
सरकारले आयकर ऐन २०५८ मा संशोधन गरी यस्तो प्रावधान राखेको हो । १ अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना भएका कम्पनीले भने कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म आयकरमा पूर्ण रुपमा छुट पाउने भएका छन् । त्यसपछिको तीन वर्षसम्म भने मात्र २५ प्रतिशत आयकर तिरे पुग्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण पर्यटनमा नयाँ लगानीकर्ता आउन डराइरहेको समयमा सरकारले ठूलो लगानी आकर्षित गर्न छुट योजना ल्याएको हो ।
18.02¡ÆC