थप १०८९ जनामा कोरोना पुष्टी, २० जना संक्रमितको निधन

भदौ २०, २०७८ मा प्रकाशित | 627 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०८९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६९ हजार २७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५३४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web