पहिरोका कारण नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्दै

भदौ २०, २०७८ मा प्रकाशित | 659 views

काठमाडौँ । ठाउँठाउँमा पहिरो गएकाले नागढुङ्गा-नौबिसे सडक खण्डको यात्रा कष्टकर बन्न थालेको छ ।

बर्खा लागेसँगै ठाउँठाउँमा पहिरो जाँदा सडक खण्ड अस्तव्यस्त बनेको छ । सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि हेभी र ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।

यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि अहिले पहिरोका कारण सडक फेरि साँघुरिएको छ । यसले गर्दा एउटा गाडी बिग्रिए पनि यात्रु लामो जाममा बस्नु पर्ने बाध्यता छ । यसले गर्दा नागढुङ्गा-नौबिसेको २० मिनेटको सडक पार गर्न पनि घण्टौँ जामा बस्नु पर्ने बाध्यता छ ।

सिस्ने खोला, झ्याप्ले खोला र चिसापानी क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको प्रहरीले जनाएको छ । पानी पर्दा पहिरो र हिलोले समस्या हुने गरेको यो सडक खण्डमा घाम लाग्दा धुलाेले गाडी चलाउन मुस्किल हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web