हेटौँडामा कर्रा खोलाले ट्रक बगाउँदा दुई जना बेपत्ता

भदौ १९, २०७८ मा प्रकाशित | 302 views

मकवानपुर । हेटौँडामा कर्रा खोलाले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शिवम् सिमेन्ट उद्योगबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक आज शुक्रवार दिउँसो कर्रा खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बगाएको ट्रक फेला परे पनि बेपत्ता दुई जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको नाम र ठेगाना पनि खुल्न नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web