विमानस्थलबाट चारकिलो सुनसहित दुई जना पक्राऊ

भदौ १८, २०७८ मा प्रकाशित | 502 views

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ।

शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा चारकिलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले बताउनुभयो।

सुन र पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। सुन सहित पक्राउ पर्नेमा झापा जिल्लाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाति रहेको डिएसपी न्यौपाने ले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web