महालक्ष्मी विकास बैंकको बदमासी, ऋणीले धितो राखेको सुन नै गायब

भदौ १४, २०७८ मा प्रकाशित | 743 views

ललितपुर । ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीले धितोमा राखेको सुन बेचेको पाइएको छ। बैंकबाट रकम निकाल्न ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले दुई सय ४८ ग्रामका गरगहना धितो राखी बैंकबाट १४ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरी धितो फिर्ता लिन जाँदा बैंकले नदिएको उनले प्रहरीमा उजुरी दिएकी छन्।

सुन गायब भएपछि उनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी छिन्। ललितपुरका एसएसपी किरण बज्राचार्यले बैंकको ठगीबारे अनुसन्धान भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘हामीकहाँ बैंकले धितो राखेको सुन बेच्यो भनेर उजुरी परेको छ, त्यसबारेमा अनुसन्धान भइरहेको छ।’ प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारी र पीडित दुवै पक्षलाई परिसरमा बोलाएर अनुसन्धान थालेको छ।

यसअघि पनि महालक्ष्मी बैंककै कर्मचारीको मिलेमतोमा सात करोड ४८ लाख रुपैयाँ घोटाला भएको भन्दै प्रहरीमा मुद्दा परेको थियो। प्रहरीले बैंकिङ कसुर मुद्दामा बैंकका कर्मचारीसहित २५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web