प्रसारण लाइन निर्माणमा स्थानीयबासीको विरोध

भदौ १४, २०७८ मा प्रकाशित | 360 views

बाके । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभीए प्रसारणको हाइटेन्सन लाइन विस्तार गर्दा बस्ती नै जोखिममा परेको भन्दै बाँकेको वैजनाथ गाउँपालिका–१ र ४ का बासिन्दाले विरोध गरेका छन ।

नेपाल विद्युतर प्राधिकरणले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभीए प्रसारणको हाइटेन्सन लाइन विस्तार गर्दा सिङरगो बस्ती नै जोखिममा पार्नेगरी योजना बनाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन । उनीहरूले हाल प्रस्ताव गरेको उक्त योजना सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन ।
स्थानीय पुनितविक्रम शाहले रारा तालको संरक्षण गर्न तथा निकुञ्ज स्थापना भएपछि मुगुबाट विस्थापित भएर आएको बस्ती भएको स्मरण गराउँदै पुनः आफूहरूलाई नै लक्षित गरी बस्ती नै जोखिममा पर्नेगरी योजना सुरु भएको दाबीसहित तत्काल योजना संशोधन गरी बस्तीभन्दा बाहिरबाट हाइटेन्सन तार तान्न ज्ञापनपत्र बुझाइएको बताउनुभयो ।

मुगुमा रारा ताल संरक्षण र निकुञ्ज स्थापना गर्न भन्दै आफूहरूलाई विस्थापित गरी बसालिएको बस्तीमा पुनः कोहलपुर–सुर्खेत–दैलेख १३२ केभीए हाइटेन्सन लाइन विस्तारको बहानामा विस्थापित गर्न खोजिएको जनाउँदै उहाँले यो संशोधन गर्नुपर्ने बताउनुभयो ।

गाउँदेखि २०० सय मिटर पूर्वबाट लैजाँदा खासै क्षति नपुग्ने अवस्था हुँदाहुँदै एक रिसोर्टको जग्गामाथिबाट तार जाने भएको कारण पूरै बस्ती नै उठिबास लगाउने गरी योजना बन्नु दुर्भाग्य भएको स्थानीयवासीले बताएका छनर । कोहलपुर–सुर्खेत हाइटेन्सन लाइन विस्तारको योजना सुरुका दिनमा जङरगलबाटै लैजाने गरी सर्भे भए पनि एक÷दुई जनाका लागि पूरै बस्ती नै जोखिममा पार्नेगरी योजना परिमार्जन गरिएपछि आफूहरू विरोधमा उत्रिन बाध्य भएको स्थानीय नगेन्द्रविक्रम शाहको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विस्तृत जानकारी लिएर बस्तीलाई समस्या नपर्ने गरी योजना अगाडि बढाउने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web