वर्षासँगै नदीमा पानीको सतह बढ्यो, ठाउँठाउँमा डुबान

भदौ १३, २०७८ मा प्रकाशित | 864 views

रौतहट । अविरल वर्षासँगै रौतहट जिल्लाका बाग्मती ,लालबकैया र झाँझा खोलामा पानीको सतह वृद्धिसँगै बाढीको खतरा बढेको छ । अविरल वर्षासँगै यी नदीहरुमा पानीको सतह वृद्धि भएपछि गौर ,इशनाथ ,राजदेवी नगरपालिका तथा दुर्गाभगवती र यमुनामाई गाउँपालिका धानखेती डुबानमा परेका छन् ।
बाग्मती तथा खोलामा आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको भलोहिया ,पिपरा वडहर्वा ,पचरुखी लगायतका क्षेत्रमा पानीको सतह वृद्धिसँगेै सो क्षेत्र पनि डुबानमा भएका गाउँपालिका अध्यक्ष अरुणकुमार साहले बताउनुभयो । उहाँले बाढीले सयौं विघा धान खेती डुबानमा परेपछि कृषकहरु चिन्तित भएका समेत बताउनुभयो ।
यसैगरी लालबकैया नदीमा पानीको सतह वृद्धिसँगै ईशनाथ नगरपालिकाको बन्जरहा ,औरैया लगायतका ठाउँ डुबाानमा परेका छन् भने राजपुर नपाको राजपुर फरहदवा हुँदै गौर जाने बाटोमा पानीको सतह बढेकोले राजपुर फरहदवा जाने डाइभर्सनमा आवतजावतमा समस्या भएको स्थानीय विश्वनाथ साहले बताउनुभयो ।
अविरल वर्षाले जिल्लाको बाग्मती ,लालबकैया ,चाँदी खोलामा पानीको स्तर वृद्धि भएको हो । पानी स्तरसँगै आउने बाढीबाट उत्पन्न हुने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web