संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

भदौ १३, २०७८ मा प्रकाशित | 351 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

नयाँ बानेश्वरमा आज आइतवार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यसैगरी बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टीले यही भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web