नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भदौ ११, २०७८ मा प्रकाशित | 575 views

चितवन । पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर-२९ को सेतिदोभान र पाँचकिलो भन्ने स्थानमा ठूलो पहिरो खस्दा दुईतर्फि सडक बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार १४ किलो भन्ने ठाउँमा सडक समेत भासिएको छ । हिजो साँझ देखि नै अबरुद्ध भएकाे सडक अहिले डोजर र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवान राज थापाले लगातार वर्षा भएका कारण अवरोध हटाउने कार्य समेत प्रभावित भएको बताए । उनले नारायणगढ-मुग्लिन सडक खण्डको जानकारी लिएर मात्र यात्रा गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web