काठमाडौ । नेपालमा फोहोर मैला व्यवस्थापनका लागि दार्शनिक पक्ष एकदमै कमजोर रहेको जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थयविद् डा.बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा फोहोर मैला व्यवस्थापन दीर्घकालीन नीतिको विषय भएकाे तर आज पनि फोहोर मैला व्यवस्थापन जस्ताको त्यस्तै रहेको बताउनु हुन्छ । काठमाडौँ महानगरपालिकाले वर्षाले बाटो बिग्रिएपछि काठमाडौँ उपत्यकाको फोहोर फाल्ने काम अवरुद्ध भएको भन्दै आएको छ । यसको विकल्पमा अरु कुनै डम्पिङ साइट नरहेको भन्दै फोहोर उठाउन मानेको छैन । तर फोहोर व्यवस्थापन नहुँदा सरुवा रोगको संक्रमण फैलिने संम्भावना भने प्रबल देखिन्छ । राजधानीका सडक किनार र गल्लीहरुमो फोहरको थुप्रो लागेको छ न त्यसलाई संक्रण मुक्त बनाइएको न कुनै व्याबस्थापन नै यस्तै गरी केही दिन फोहर बाटोमा छाड्ने हो भने प्लेगजस्ता रोग फैलन सक्ने डा.मरासिनीले दिनु भएको छ ।
काठमाडौँ महानगरपालिका वातावारण विभागकी प्रमुख सरीता राईका अनुसार वर्षाले बाटो बिगारेकाले फोहोर फाल्ने ठाउँसम्म गाडी पुग्न सकेको छैन । त्यहाँसम्म पुग्ने बाटो बनाउन वर्षाले दिएको छैन । बाटो पूरै हिलाम्य छ । तर डम्पिङ साइटमा भरिएको फोहोर भने व्यवस्थापन गरि सकिएको उहाँले बताउनुभयो । वर्षाले बाटो बगाएको छ । बाटो नबन्दासम्म काम नहुँने तर पानी परेन भने छिटो बाटो बनेर फोहोर फाल्ने काम सुचारु हुने छ । यसको लागि काम भइरहेको प्रमुख राईले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अहिले बाटो निर्माणले काम बन्द भएको हो । फोहोर लिएर गाडीहरु माथि जानुपर्ने हुनाले केही लिमिटेड संख्यामा फोहोर गइरहेको छ । फेरि पानी पर्यो भने त्यस्तै हुन्छ । पानी पर्यो कि सामस्या त्यस्तै हुन्छ । पानी परेन भने त्यही दिन फोहोर जान्छ । गाडीको चक्का भसिएन भने काम हुन्छ । त्यसको लागि कि त फलाम राखेर बाटोको बिकल्पमा जानुपर्ने हुन्छ । त्यो अनुसार जान सकिएको छैन ।” बैकल्पिक व्यवस्थाको बारेमा जिल्ला विकास समितिसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
फोहोरले जन स्वास्थ्यमा एकदमै नराम्रो असर गरिरहेको जनस्वास्थ्यबिद् मरासिनीले बताउनुभयो । उहाँका अनुसार मानिसलाई गन्ध आएर बसिनसक्नु भएको छ । दुर्गन्धले मानिसलाई हैरान पर्ने गरेको छ । झाडापाखाला, आउँ, हैजाजस्ता विभिन्न प्रकारका रोगका कीटाणुहरु फैलिन सक्ने सम्भावना रहेको छ । किनभने त्यहाँ विभिन्न घरबाट ल्याइएको फोहोरहरु थुपारिएको छ ।
उहाँले भन्नुभयो जस्तो कसैले बान्त गरेको छ भने त्यो पनि त्यही फालिएको हुन्छ । त्यसकारण धेरै रोगहरु फैलिने संम्भावना छ भने मुसाहरु बढ्ने र प्लेगजस्ता रोगहरु फैलिने हुन्छ । उहाँले भन्नुभयो,‘उपत्यकाको इतिहास हेर्ने हो भने, फोहोरबाट प्लेग फैलिएको थियो ।’ अहिले पनि फैलिने संम्भावना रहेको उहाँको भनाइ छ ।
काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन दीर्घकालिन नीति रहेको डा.मुरासिनीले बताउनुभयो । उहाँले भन्नुभयो,‘फोहोर मैला व्यवस्थापनको बजेट नै धेरै भए पनि सदुपयोग गर्न नसकि फ्रिज हुन्छ तर फोहोरको सामास्या जस्ताको त्यस्तै रहन्छ । त्यसलाई सदुपयोग गरी विकास निमार्णको काम गर्न सकिन्छ तर गरिएको छैन ।’ उहाँले सिसडोलमा रहेको डम्पिङ साइट उपयुक्त नरहेको बताउनुभयो । काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन सिसडोलमा हुँदै आएको छ ।
उहाँका अनुसार त्यो डम्पिङ साइट मानव स्वास्थ्यको दृष्टिले उपयुक्त छैन । त्यसको विकल्पको रुपमा थुप्रै त्यस्तो ठाउँ छन जहाँ फोहोर लागेर राख्न सकिन्छ । या त्यो ठाउँ फोहोरले पुरिएपछि समथर बनाएर विभिन्न कामको लागि प्रयोगमा ल्याउन सकिन्छ । चाहे त्यो सरकारी जग्गा होस या निजी त्यसरी उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले उदाहरण दिँदै भन्नुभयो,‘हामी एक पटक मलेसिया भ्रमणमा गएका थियौँ, त्यहाँ एउटा यस्तो डम्पिङ साइट छ जुन एसियाकै उत्कृस्ट डम्पिङ साइट हो, त्यो सफा, स्वच्छ र उत्कृष्ट छ त्यहाँ पिकनिक स्पोर्टसमेत रहेकाले त्यहाँ थुप्रै घुम्ने मानिसहरु पुग्ने गरेका छन् । त्यो डम्पिङ साइट र नेपालको सिसडोलमा रहेको डम्पिङ साइटको तुलना गर्ने हो भने गर्नै नमिल्ने छ ।’
उहाँले विकास र बजेटलाई जोड दिँदै भन्नुभयो,‘यस्तो ठाउँ त हाम्रो नेपालमा थुप्रै रहेकाले महानगरपालिकाले लगानी गरेर इमार्जेन्सी डम्पिङ साइट बनाएर पछि समथर बनाएर सम्बन्धितलाई फिर्ता दिन सकिन्थ्यो ।’ मलेसियामा उहाँले त्यो भ्रमण गर्दा १०–१२ वर्ष डम्पिङ साइट बनाएर समथर भएपछि नगरपालिकाले घडेरी बनाएर बेच्ने गरेको देखेको उदाहरण दिनुभयो । फोहोरलाई कसरी विकासको लागि प्रयोग गर्न सकिन्छ भनेर नेपालमा कहिले पनि नसोचेको उहाँले बताउनुभयो । नेपालमा दार्शनिक पक्ष एकदमै कमजोर रहेको उहाँको भनाइ छ ।
21.3¡ÆC