बाघको आक्रमणबाट एक जना घाइते

भदौ ८, २०७८ मा प्रकाशित | 300 views

चितवन । माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् ।

मंगलबार दिउँसो खेतमा धान गोड्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web