एमाले स्थायी कमिटी बैठक चल्दै

भदौ ८, २०७८ मा प्रकाशित | 435 views

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले चलिरहेको छ । तुलसीलाल स्मृति भवन ललितपुरमा बसिरहेको बैठकमा एकता कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरू पनि एमालेमै फर्किएका छन् ।

आजको बैठकमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरू पनि सहभागी छन् । यस्तै माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी पनि बैठकमा गएका छन् ।

बैठकले एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ को जेठ २ गतेकै अवस्थामा फर्काउने मोडालिटी तय गर्ने सम्भावना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web