थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त

भदौ ६, २०७८ मा प्रकाशित | 566 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । लामो समयपछि हिजो शनिवार निको हुनेको सङ्ख्या बढी भएकोमा आज आइतवार पनि निको हुनेको सङ्ख्या बढी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ । यस्तै पछिल्लो

२४ घण्टामा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ४३ जनाको पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन गरी १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हो ।

२४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे ।

यही अवधिमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय नौ पुगेको छ ।

अहिले नेपालमा ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web