ब्रेक फेल भएर दुर्घटना हुँदा बस चालकको मृत्यु, आठ घाइते

भदौ ४, २०७८ मा प्रकाशित | 976 views

काठमाडौ । बसको ब्रेक फेल हुँदा चालकको मृत्यु हुनुको साथै आठ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ पुर्व पश्चिम लोकमार्ग सडक खण्डको चुरियामाई ओरालो चढ्ने क्रममा बिहीबार साढे १० बजे काठमाडौँबाट रौतहटको बंकुल आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बसको ब्रेक फेल हुँदा सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर बस पल्टिँदा बसको चालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही बसका चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा सवा ११ बजे मृत्यु भएको प्रदेश नम्बर–२ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमाल्यकुमार श्रेष्ठले बताउनुभयो ।
बसमा सवार २८ जना मध्ये ७ र मोटरसाइकल चालक घाईते भएका छन् । मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकी टोल बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कार्की गम्भीर घाइते भएका छन् ।
यसैगरी, सो दुर्घटनामा परी कोल्हवी नगरपालिका–११ बस्ने २१ वर्षीय सुरज चौधरी, सोही ठाउँका २८ वर्षीय रामप्रवेश राम, ५७ वर्षीय देवकी पन्त, २२ वर्षीय बिहारीलाल चौधरी, वडा नम्बर–१ बस्ने ३९ वर्षीय वीरेन्द्रप्रसाद चौधरी, १९ वर्षीय रोहणबहादुर अधिकारी, रौतहटको विजयपुर नगरपालिका–१ बस्ने ३४ वर्षीय गाँधी दास रहेका छन् ।
घाइते मध्ये कार्कीको चुरेहिल अस्पताल हेटौंडा, रामको अर्थोपेडिक अस्पताल हेटौंडा, बिहारीलालको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्ष ०७८÷०७९ को प्रदेश २ मा साउन महिनामा मात्र ५६२ वटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । त्यसमध्ये २७ जना पुरुष, सात महिला र एक बालक गरी ३५ जनाको विभिन्न सवारी दुर्घटनामा ज्यान गएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web