काठमाडौं, असार ३ । थ्रीस्टार ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको खेलमा सुदुरपश्चिम फुटबल क्लवसँग २–१ ले पराजित भएपछि थ्री स्टार क्लव समूह चरणबाटै बाहिरिएको छ । खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा थ्री स्टार बाहिरिने पहिलो टोली बन्न पुग्यो ।

अन्तिम समयमा कप्तान कमल देउबाले गोल गरेपछि सुदुरपश्चिम पहिलो खेलमा जित हात पर्दै अर्को चरणमा प्रवेश गर्ने पहिलो टिम पनि बन्यो ।

यसअघि शुक्रबार नै भएको पहिलो खेलमा सरस्वति क्लव र मोरङ फुटबल क्लव २–२ को बराबरीमा रोकिए । खेलमा दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मोरङ अंक बाँड्न बाध्य भयो । सरस्वतिका क्षितिज खड्काले दुई गोल गरेर खेल बराबरी गरे । खेलको छैटौं मिनेटमा सचिनराज बस्नेतले मोरङका लागि सुरुवाती अग्रता दिलाए पनि ३१ औं मिनेटमा क्षितिज खड्काले बराबरी गोल फर्काए । विदुर रिजालले ६५ औं मिनेटमा मोरङलाई दोश्रो पटक अग्रता दिलाएको भएपनि त्यो अग्रता ८० मिनेटभन्दा अघि बढ्न सकेन ।

23.12¡ÆC