काठमाडौँमा कोरोनाको सक्रिय संक्रमित ४ हजार नाघ्यो

भदौ २, २०७८ मा प्रकाशित | 423 views

काठमाडौँ । काठमाण्डौ महानगरपालिकामा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।

काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसाेलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web