बरामद भएको चोरीको एक किलो सुन कहाँ गयो ?

भदौ १, २०७८ मा प्रकाशित | 297 views

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेमा एक महिलाबाट १७ लाख ४७ हजार रुपैयाँ बरामद गर्‍यो । केआई सिंह गाउँपालिका–६ की ५८ वर्षीया काली भुलले लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरी बताउँछ ।

महिलासँग थप सोधपुछ गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको खुल्न आयो । प्रहरीले रकम र सुन दुवै नियमानुसार मुचुल्का गरी कब्जामा लियो ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सुन र नगद रुपैयाँको विषयमा चर्चा परिचर्चा भइरहेको छ । बरामद गरेको सुन र नगद प्रहरी आफैंले खाएको, पीडितले नपाएका गुनासा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका छन् । प्रहरीले उक्त रकम र सुन सम्बन्धित व्यक्तिलाई बुझाएको दाबी गर्दै आएको छ, तर कुन व्यक्तिलाई बुझाएको हो, नाम खुलाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web