१ किलो ९ सय ग्राम गाँजासहित एक युवक पक्राउ

साउन ३२, २०७८ मा प्रकाशित | 305 views

काठमाडौँ । काठमाडौं। प्रहरीले १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर चौदन्डीगडी नगरपालिका-४ बस्ने २४ वर्षीय सुदिप राई रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ग.१ ख ६४७५ नम्बरको बसमा सवार उनलाई झोलामा ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करीब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web